आकाश छुने ब्याजदर, धर्तीमा धसिएको सेयर बजार, के यो समृद्धिको संकेत हो ?

  २०७५ मंसिर २० गते १०:०७     विकासन्युज

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले अस्थिर ब्याजदरकाबीच सरकारको मौनता प्रति आपक्ति जनाएका छन् । बैंकहरुले ब्याजदर बढाएकोमा उद्योगहरुले आपक्ति जनाईसकेका छन् । सेयर बजारका लगानीकर्ताले पनि ब्याजदरमा बैंकहरुको मनोमानी प्रति सरकार उदासिन रहनु दुःखद पक्ष भएको बताए ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडलले ‘बढ्दो ब्याजदर, घट्दो सेयर बजार, कहाली लाग्दो मार्जिन कल अनि मौन सरकार’, भनेर टिप्पणी गरेका छन् । फोरमकै उपाध्यक्ष छोटेलाल रौनियारले पनि ब्याजदरमा देखिएको अस्थिरता प्रति सरकारको मौनता गम्भीर बिषय भएको बताए ।

‘अर्थतन्त्रका अन्तरकुन्तर सबैको बुझेका अर्थमन्त्रीले ब्याजदरमा बैंकहरुले देखाएका दादागिरी कसरी सहनु भएको हो ? नेपाल राष्ट्र बैंक के हेरेर बसिहरको छ ? ८ प्रतिशतको आर्थिक वृद्धिदर यसैगरि ल्याउने हो त ?’ रौनियारले प्रतिप्रश्न गरे ।

अर्का लगानीकर्ता कमल भारतीले पनि ब्याजदरबारे सरकारी मौनताले देशलाई गलत बाटोमा लगिरहेको आरोप लगाए । ‘सीमित मान्छेहरुको चलखेलका आधारमा बैंकहरुले ब्याजदर परिमार्जनको निर्णय गर्दै आएका छन्, यसमा सरकारले कठोर कदम चाल्नु आवश्यक छ’, भारतीले भने ।

उनले ब्याजदरलाई देखाएर ठूला लगानीकर्ताहरुले बजार घटाएर सेयर खरिद गर्ने षड्यन्त्र रचेको आरोप पनि लगाए । बजारमा ३२ अर्ब रुपैंयाँ लगानी योग्य पुँजी थपिएकै दिन ब्याजदर बढाउने निर्णय गरेर सरकारलाई बैंकहरुले चुनौती दिएको आरोप पनि लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.