वाणिज्य बैंकहरुकाे मुद्दति खातामा १३ प्रतिशत व्याज, सेयर बजार थप जाेखिममा

  २०७५ मंसिर १९ गते २०:५०     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले १३ प्रतिशत व्याजदरमा मुद्दति निक्षेप संकलन गर्न थालेका छन् । कुमारी बैंकले १३ प्रतिशत व्याजमा ३ वर्षसम्मको मुद्दति खातामा निक्षेप आह्वान गरेको छ ।

बैंकले कम्तिमा १० हजार रुपैयाँ निक्षेप रहेको मुद्दति खातामा पनि १३ प्रतिशत व्याज दिने भएको छ । व्यक्तिगत निक्षेपकर्तालाई मात्र यो सुविधा हुने बैंकले जनाएको छ । विशेष मुद्दति नाम दिएकाे उक्त बचतकाे व्याज मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएकाे छ ।

अरु बैंकहरुले पनि विहीबारदेखि १३ प्रतिशत व्याजमा निक्षेप आह्रवान गर्ने सम्भावना रहेको छ । सार्वजनिक सूचनामा तोकिएको भन्दा शुन्य दशमलव ५ प्रतिशतसम्म व्याज थपेर निक्षेप लिन पाउने व्यवस्था रहेकोले निक्षेपकर्ताले १३.५ प्रतिशतसम्म व्याज पाउन सक्नेछन् ।

मंगलबार जनता बैंक नेपालले १२ प्रतिशत व्याजमा निक्षेप संकलन गर्ने विज्ञापन सार्वजनिक गरेको थियो । बुधबार माछापुच्छ्रे बैंकले १२.५ प्रतिशत व्याजमा निक्षेप लिने योजना सार्वजनिक गरेको छ । माछापुच्छ्रेले १२.५ प्रतिशत व्याज मासिक रुपमा भुक्तानी गर्ने र ५ वर्ष अवधि सम्मको लागि निक्षेप लिने जनाएको छ ।

यसरी नै प्रतिस्पर्धा बढ्दै जाँदा निक्षेपकाे व्याज १५ प्रतिशतसम्म पुग्ने अडकलबाजी भइरहेकाे छ । ‘कर्जाकाे माग बढेकाे छ । सरकारले हस्तक्षेप गरेन भने निक्षेपकाे व्याज १४/१५ प्रतिशतसम्म पुग्न सक्छ’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।

सोमबारसम्म बैंकहरुले निक्षेपकर्तालाई बचतमा ७ प्रतिशत र मुद्दतिमा १० प्रतिशत मात्र व्याज दिने गरेका थिए । तीन दिनमा बैंकहरुले निक्षेपको व्याज ३० प्रतिशतले वृद्धि गरेका छन् ।

बैंकहरुको व्याजदर वृद्धिको प्रत्यक्ष असर पुँजी बजारमा परेको छ । बुधबार बैंकहरुले १२.५ प्रतिशत व्याजमा ५ वर्षसम्मको निक्षेप लिने सूचना प्रकाशित गरेपछि सेयर बजार २२ अंकले घटेको छ । बैंकहरुले १३ प्रतिशत व्याज दिएपछि सेयर बजारमा थप गिरावट आउन सक्ने अनुमान गरिएको छ ।

थप समाचार

पखाला लागेर बैंकहरु सिकिस्त भए, अर्थमन्त्री दाँतकाे कुरार्इमा बस्लान् वा उपचार पनि खोज्लान् ?

निक्षेपमा अधिकतम १२ प्रतिशत व्याज दिने वित्त कम्पनी संघको निर्णय, वाणिज्य बैंकहरुको लागि चुनौति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.