प्रभु र एसबीआई बैंकको लगानीमा अप्पर नौगडगाढ जलविद्युत् सम्पन्न हुँदै, चैत १५ देखि उत्पादन शुरू

  २०७५ मंसिर १९ गते १६:४९     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको ८ मेगावाट क्षमताको अप्पर नौगडगाढ साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । कम्पनीले आगामी चैत १५ गतेदेखि विद्युत् उत्पादन शुरू गर्ने तयारी गरेको छ ।

अपि पावर कम्पनीले दार्चुला जिल्लामा जलविद्युत् उत्पादन गर्न लागेको यो दोस्रो परियोजना हो । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको चमेलिया जलविद्युत आयोजनाको बलाँच सवस्टेशनमा जोडिने छ ।

सो सवस्टेशनको क्षमता १३२ केभी रहेको छ । सवस्टेशनको निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भईसकेको छ । अपि पावर कम्पनीले निर्माण गरेको यो ८ मेगावाट क्षमताको सो आयोजनामा नेपाल एसविआई बैंक र प्रभु बैक लिमिटेडको सयुक्त लगानी रहेको छ । कम्पनीको यी दुई आयोजनाबाट कूल १६.५ मे.वा उत्पादन गर्नेछ ।

यसअघि कम्पनीले ८ मेगावाट क्षमताको अर्को आयोजना निर्माण सम्पन्न गरी हाल सञ्चालन गरिरहेको छ । कम्पनीले यो आयोजना निर्माण पश्चात ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य शुरु गर्ने तयारी गरेको छ । यस्तै कम्पनीले १४ मेगावाट क्षमताका सोलार आयोजनाको निर्माण कार्य समेत शुरु गरेको जनाएको छ ।

साथै सोलार आयोजना र माथिल्लो चमेलिया गरि ७०.५ मे.वा क्षमताको कम्पनी हुनेछ । नेपालको ऊर्जा क्षेत्रमा विशिष्ठ योगदान गर्दै आएको कम्पनीको हिसाबले अपि पावर कम्पनी विशष्ठि र महत्वपूर्ण कम्पनीको रुपमा स्थापित हुने विश्वास लिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.