सङ्घ निकटका विद्यार्थीले लगाए त्रिविमा ताला

  २०७५ मंसिर १९ गते १३:२१     विकासन्युज

काठमाडौं । सम्बन्धनको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ । कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ निकटका विद्यार्थीले ताला लगाएका हुन् ।

ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए) लगायत केही विषयमा सम्बन्धन दिँदा मापदण्ड नपुराई आंगिक, सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा ताला लगाउनुपरेको सङ्घका त्रिवी एकाइका जगदिश भट्टले जानकारी दिएका छन् ।

मङ्सिर १६ गते ताला लगाएकाले त्रिविले हालै ११६ क्याम्पसमा विसिए लगायत अन्य विषयमा सम्बन्धन दिएकामा त्यसको खारेजीको माग गरेका छ । सम्बन्धन दिएको विषयको खारेज नभएसम्म ताला यथावत रहने जनाउँदै तालाबन्दीका कारण कामकाज रोकिएको योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा.ऋदिशकुमार पोखरेलले बताएका छन्। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.