यामाहा आर१५ भी३ बाइक नेपाली बजारमा, मूल्य ४ लाख १९ हजार रूपैयाँ

  २०७५ मंसिर १८ गते १८:३५     विकासन्युज

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित सुपर स्पोर्टसबाइक आर१५ (भर्सन ३.०) सार्वजनिक गरेको छ ।

नयाँ सुपर स्पोर्टस् मोडेलमा १५५ सीसी, लिक्विड–कुल्ड, ४– स्ट्रोक, ४–भल्भ र फ्युल इन्जेक्टेड इन्जिन रहेको छ । जसमा ‘भेरिएबल भल्भ एक्च्युएसन’ (भीभीए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता अत्याधुनिक प्रविधि जडान गरिएको कम्पनीले जनाएको छ ।

यामाहाले नयाँ आर१५ भी३मा रेसिङ विरासतलाई निरन्तरता दिँदै प्रविधि र पर्फमेन्स दिने फिचरहरु राखेको छ । यसमा अधिकतम कम्प्रेसन रेसियो भएको १५५ सीसीको इन्जिन जडान गरिएको छ जसले १०,००० आरपीएममा १९.३ पीएसको पावर र ८५०० आरपीएममा १५ एनएम टर्क उत्पन्न गर्छ । नयाँ आर१५ भी३को प्रारम्भिक मूल्य चार लाख १९ हजार नौ सय कायम गरिएको कम्पनीले जनाएको छ ।

आर१५ को नयाँ संस्करणमा यामाहाले क्रान्तिकारी ‘भीभीए सिस्टम’ समावेश गरेको छ जसले तल्लो र मध्यम आरपीएममा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ । १३९ केजी वजन र १७० एमएम उच्च वजन भएको आर१५ भी३लाई फुल डिजिटल ड्यासबोर्ड, एलइडी हेडलाइट र टेललाइटले थप विशेष बनाएको कम्पनीले जनाएको छ ।

‘आर१५ भी३ले पर्फमेन्स, डिजाइन र इनोभेसन जस्ता यामाहाका मुल सिद्धान्तलाई अवलम्बन गर्दै विश्वस्तरीय नयाँ उत्पादन ल्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ,’ एमएडब्लु इन्टरप्राइजेजका सीर्इअाे चिरञ्जीवी शाहले भने, ‘आर सिरिज अन्तर्गतको आर१५ भी३ को टेक्नोलोजी र पर्फमेन्सले नेपाली ग्राहकलाई रेसिङ ट्रयाकमा चलाएको अनुभव दिलाउनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.