चार महिनादेखि तलव नपाएपछि जेट एयरवेजका पाइलटहरू हडतालमा

  २०७५ मंसिर १७ गते २०:०२     विकासन्युज

नयाँ दिल्ली । विगत चार महिनादेखि तलब नपाएपछि भारतको निजी विमान सेवा प्रदायक कम्पनी जेट एयरवेजका पाइलटहरूले विरामी भएकाे बहाना गर्दै हडताल गरेका छन् ।

तलब लगायतका पाउनु पर्ने विभिन्न सेवाहरु नपाएको भन्दै आन्दोलन स्वरूप विमान चालकहरुले विरामी भएको बताउँदै काममा नअाएपछि सोमबार एकैदिन १४ ओटा उडान रद्ध भएका छन् ।

स्थानीय सञ्चार माध्यमअनुसार गत अगस्तदेखि यस कम्पनीले घाटामा गएको भन्दै वरिष्ठ व्यवस्थापकहरू, चालक, इन्जिनियरलगायतलाई तलब दिएको छैन । उडानहरू रद्ध भएपछि कम्पनीले एक वक्तव्य जारी गर्दै अप्रत्यासित रूपमा उडान सेवा दिन नसकिएको जनाएको छ ।

विषेश परिस्थिति र विमान चालकहरूको असहयोगका कारण विमान सेवा सुचारु हुन नसकेको भन्दै कम्पनीले विमान चालकहरूलाई दोष दिएको छ । कति उडान रद्ध भएका छन् भन्ने बारेमा भने कम्पनीले वक्तव्यमा केही उल्लेख नगरेको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.