एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे बढुवा

२०७५ मंसिर १७ गते १९:२४ विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । मंसिर १७ गते बसेको ३८० औं सञ्चालक समितिको बैठकले बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

२०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग सेवामा प्रवेश गरेका पाण्डेले विभिन्न बैंकहरु तथा यस एन आई सी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समय देखि विभागीय प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आएका थिए ।

नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने सँगै बैंकको दीर्घकालिन रणनीति तर्जुमा तथा सोको प्रभावकारी कार्यान्वयनमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आइका थिए । नायब प्रमुख कार्यकारी अधिकृत श्री पाण्डेले सोमबार नै पदभार ग्रहण गरेका छन् ।