एउटा मोबाइल किन्दा अर्को सित्तैमा अफर, चाहिने भए जानुस्, मोबाइल हब

  २०७५ मंसिर १७ गते १७:१५     विकासन्युज

काठमाडौं । सिटीसी मलमा रहेको सिटीसी मोबाईल हबले मंसिर २० गतेदेखि मोबाइल एक्सचेञ्जन अफर सुरु हुने भएको छ । साथै एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा अफर मेलाको आकर्षण बन्ने मोबाइल हबले जनाएको छ । मोबाईल एक्सचेञ्जज अफरका साथै एउटा ९ हजार ९ सय ९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंयासम्मका मोबाइल किन्न सकिने जनाएका छन् ।

हबमा ११ हजार रुपैंयादेखि ३ लाख १५ हजार रुपैंयासम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिने छ । १५ दिन सम्म चल्ने उक्त मेलामा जस्तो सुकै पुरानो मोबाईलको पनि उचित मुल्य पाउनुका साथै सट्टा पट्टा पनि गर्न सकिन्छ । सिटीसी मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठले जानकारी दिएका छन् । उक्त मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप ,क्यामेरा ,र म्याक किस्ताबन्दीमा किन्न सकिने छ ।

६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि मेलामा पाइने छ । निशुल्क पार्किङंको व्यवस्था गरेको हबले अवलोकनकर्तालाई लक्की ड्रबाट आकर्षक उपहार बितरण गर्ने जनाएको छ । मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउने छन् भने ४ स्कोर गर्नेले आफुले खरिद गरेको अर्को एउटा सामान सित्तैंमा पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.