सबै प्रदेशका मुख्य उत्पादनहरुको प्रोफाइल बनाईँदै, आयात प्रतिस्थापनका लागि उपयोगी हुने विश्वास

  २०७५ मंसिर १७ गते १७:१३     विकासन्युज

काठमाडौँ । सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितिमा प्रदेशस्तरमा आयात प्रतिस्थापन निर्यात प्रवर्धन तथा अन्तर प्रदेश व्यापारको सम्भावना पहिचान गर्न केन्द्रले प्रदेशका उत्पादनहरुको प्रोफाइल बनाउन शुरु गरेको छ । अध्ययनको स्वरुप पद्धति तथा अध्य्यनको उद्देश्यका विविध आयाम सम्वन्धमा व्यापक र गहन छलफल सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा मुख्यमन्त्री भट्टले हिमाल, पहाड र तराईको विशिष्ट सङ्गमको रुपममा रहेको सुदुर पश्चिम प्रदेशमा उद्योग व्यापारका प्रशस्त सम्भावना रहेको वताउदै, केन्द्रले शुरु गर्न लागेको अध्ययनबाट प्रतिवेदन प्रदेशका लागि महत्वपुर्ण दस्तावेज हुने विश्वास व्यक्त गर्नु भयो ।
सुदुर पश्चिम सरकारको उद्द्योग वाणिज्य कृषि तथा वन मन्त्री माया भट्टले सिमित साधन श्रोतका माझ पनि आफुले केन्द्रले लिइएको यश बताइन ।

यसै गरि प्रदेश सरकारका प्रमुख सचिव नारायण प्रसाद विडारिले यो अध्ययन प्रदेशको उद्योग वाणिज्य क्षेत्रको विकासका लागि महत्वपुर्ण आधार हुने र सूचना र तथ्यांकहरु जति तल्लो तहमा गएर संकलन गर्न सक्यो प्रतिवेदन त्यति नै निखारिएको हुने बताए ।

यसै गरि केन्द्रका कार्यकारी निर्देशक सरद बिक्रम राणाले यो अध्ययनको उद्देश्य औचित्य र महत्वबारे प्रकाश पार्दै अध्ययन पश्चात् प्राप्त प्रतिवेदनलाई प्रदेश सरकार र निजि क्षेत्र माझ छलफल गराई अनुमोदन गरिने र संघीय स्तरमा सातवटा प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन आयोजन गरि प्रदेश प्रदेश बिच व्यापार लगानी सम्बन्धी सम्झदारी गरिने समेत जानकारी गराए ।

प्रदेशस्तरमा आयात प्रतिस्थापन निर्यात प्रर्वधन तथा अन्तर प्रादेशिक व्यापारका सम्बन्धमा गहन अध्ययन गरि प्रदेशका लागि यसरी आउने प्रतिवेदन भविश्यमा उद्योग व्यापारको विकासमा आधार दस्तावेज हुने गरि तयार गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.