काँकरभिट्टा र गाइघाटमा सिद्धार्थ बैंकको शाखा विस्तार

  २०७५ मंसिर १७ गते १६:३६     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले थप दुई स्थानमा आफ्नो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले झापाको काँकरभिट्टा र उदयपुरको गाइघाटमा शाखा कार्यालयहरुबाट सेवा प्रारम्भ गरेको छ ।

बैंकले अगामी दिनहरुमा पनि थप शाखाहरु विस्तार गर्दै नवीनतम र आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने योजना बनाएको छ ।

हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभरका १२८ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३५ एटीएम मार्फत गुणस्तरीय बैैकिङ्ग सेवाप्रदानगर्दै आएको छ ।
नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथाकर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.