पश्चिम नेपाल केन्द्रविन्दु भएर ८.५ रेक्टर स्केलको भूकम्प जाने भारतीय अनुसन्धानकर्ताको दाबी

  २०७५ मंसिर १६ गते २२:४६     विकासन्युज

काठमाडौं । पश्चिम नेपाल र भारतकाे सीमानानजिक केन्द्रविन्दु भएर भुकम्प जाने भन्दै अनुसन्धानकर्ता संस्थाको स्रोतको हवाला दिँदै एक भारतीय मिडियाले समाचार लेखेको छ । भारतीय अखबार हिन्दुस्थान टाइम्सको अनलाइन संस्करणमा ‘जहारलाल नेहरु सेन्टर फर एड्भान्स सेन्टर रिसर्च’ नामक अनुसन्धान संस्थाले जनाएको भन्दै हिमालय नजिकै छिट्टै नै ८.५ रेक्टर स्केलको भूकम्प जाने भविष्यवाणी गरेको हो । रिसर्च सेन्टरका वैज्ञानिक सीपी राजेन्द्रले भने– ‘मध्य हिमालयमा निकट भविष्यमा जुनसुकै बेला ८.५ रेक्टरस्केल आसपासको भुकम्प जानसक्छ ।’

भू–वैज्ञानिक जर्नलमा प्रकाशित उक्त अनुसन्धानमा अनुसन्धानकर्ताहरुले गुगल अर्थ र इण्डियन स्पेस एजेन्सीले खिचेको भुगर्भसम्बन्धी तस्वीरको आधारमा उक्त भविष्यवाणी गरेको दाबी समेत गरेको छ । उसका अनुसार पश्चिम नेपालको मोहना खोला भारतको चोर्गाल्लियासम्मको क्षेत्रभित्र केन्द्रविन्दु भई भुकम्प जान सक्नेछ ।

अनुसन्धान रिपोर्ट भन्छ, ‘हाम्रो निष्कर्ष छ कि यसअघि सन् १३१५ र १४४० को बीचमा मध्य हिमालयको यो क्षेत्रमा भुकम्प गएको थियो र आसपासका ६०० किलोमिटरमा धक्का पुर्याएको थियो । त्यस्तो भुकम्प ६०० देखि ७०० वर्षमा दोहोरिने गर्छ ।’

उक्त अनुसन्धान संस्थाकै एक अनुसन्धानकर्ता अरुण बापत जसले २००४ मा हिन्द महासागरको सुनामीको भविष्यवाणी गरे, उनले भने – ‘हिमालयमा अनुमानित ठूलो परिमाण भूकम्पले सम्भवतः २०१८ वा यसको नजिकको हुन सक्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.