नेबिकोले पायो नेपाल गुणस्तर चिन्ह, उपभोक्ताको विश्वास जित्न सफल

  २०७५ मंसिर १६ गते १७:५०     विकासन्युज

काठमाडौं । विगत ५४ वर्षदेखि बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्री वितरण गरिरहेको नेबिको प्रा. लि.ले नेपाल गुणस्तर(एनएस) चिन्ह पाएको छ । उपभोक्ताको विश्वास जित्न तथा गुणस्तर उच्च राख्न सफल भएकोमा यस प्रा.लि ले गुणस्तर चिन्ह तथा आईएसओ ९००१ः२००८ क्वालिटी म्यानेजमेन्ट सिष्टम लिएको हो ।

उपभोक्ताको पाचन प्रणालीको सहजिकरण, तौल नियन्त्रण एवं सन्तुलन राख्न हाई इनर्जी एण्ड हाई फाइबर राखी उत्कृष्ट स्वादमा यो बिस्कुटलाई उत्कृष्ट बनाइएको कम्पनीले जनाएको छ । स्थापनाकालदेखि नै आफ्नो उत्पादनको उच्च गुणस्तर कायम गर्दै आएको यस प्रा. लि.को स्वामित्वमा बिस्कुट, कन्फेक्नरी, मैदा मिल र ट्रेडिङ कम्पनीहरु रहेका छन् ।

डी-२० बिस्कुट नेबिको प्रा.लि.का उत्कृष्ट उत्पादन मध्ये एक हो । उत्पादनको गुणस्तरलाई उपभोग्य समयसम्म कायमै राख्न र आकर्षक बनाउन उत्कृष्ट मेटालिक म्याट प्याकेजिङ्ग मेटेरियल प्रयोग गरिएको छ । यो डी-२० बिस्कुटको नेट वेट ९० ग्राम रहेको छ । यसको बजार मूल्य २० रुपैयाँ तोकिएको छ ।

कम्पनीले आगामी दिनमा विभिन्न प्रकारका पोषक तथा स्वास्थ्यवर्धक उत्पादनहरु बजारमा ल्याउने प्रतिवद्धता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.