चेम्बर अफ कमर्स र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स इन्डष्ट्री बीच व्यापार साझेदारी

  २०७५ मंसिर १६ गते १४:३०     विकासन्युज

 काठमाडाैं ।नेपाल चेम्बर अफ कमर्स र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्री बीच दुई पक्षीय व्यापारको बिषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

२०१८ को नेपाल चेम्बर एक्स्पो सन्दर्भमा उक्त समझदारी पत्रमा चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष नरेश श्रेष्ठ र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रीको तर्फबाट सह–महासचिव म्यो थान्टले हस्ताक्षर गरेका छन् ।

उक्त समझदारी पत्र पश्चात दुई–पक्षीय ब्यापार र लगानी थप मजबुत बन्ने बिश्वास व्यक्त गरेका छन् । हाल ६१ वटा बिभिन्न देशको चेम्बर अफ कमर्ससंगको समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.