‘२५००औं ग्राहक’को अवसरमा रेनोका ग्राहकले पाए कारको साँचो

  २०७५ मंसिर १३ गते २१:२२     विकासन्युज

काठमाडौं । रेनोको लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोवाइल कम्पनी प्रा.ली. (विशाल ग्रुप अन्तर्गतको कम्पनी) ले २५००औं ग्राहक मनाएको छ ।

नक्सालको शोरुममा भएको उक्त कार्यक्रममा रेनो इंडियाका उपाध्यक्ष थोमस डबरुएलले कारको साँचो ग्राहकहरूलाई हस्तान्तरण गरेका छन् । कार्यक्रमा डबरुएलले रेनोले नेपाली ग्राहकहरूलाई सस्तो मूल्यमा उत्तम प्राविधिक उत्पादन र इन्नोभेटिभ डिजाइनहरु नेपाली बजारमा भित्र्याउने बताएका छन् ।

बहुराष्ट्रिय फ्रेन्च अटोमोबाइल कम्पनी रेनो सन् २०१६ नेपालमा आएको थियो । हाल रेनोको कारको मोडल रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विड रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.