१ रुपैंया निर्यात गर्दा नेपालकाे १६.५ रुपैंया अायात, पेट्राेलियम पदार्थ मात्र ६९ अर्बकाे खपत

  २०७५ मंसिर १३ गते १७:२५     राजाराम न्याैपाने

काठमाडौं। अार्थिक वर्षकाे पहिलाे चाैमासमा नेपालकाे व्यापारघाटा ४०‍‍.२९ प्रतिशतले बढेकाे छ । अघिल्लाे अार्थिक वर्षकाे साेही समयमा ३ खर्ब २३ अर्ब ९४ कराेड ६३ लाख १७ हजार रुपैंया खुद नाफा रहेकाेमा याे वर्ष उक्त अाकार ४ खर्ब ५४ अर्ब ४७ कराेड २२ लाख २३ हजार पुगेकाे छ । याे अार्थिक वर्षमा कुल निकासी १०‍.७ प्रतिशतले बढेर २९ अर्ब २८ अर्ब १५ कराेड ७९ लाख पुग्दा पैठारी ३८.१ प्रतिशतले वृद्धि भर्इ ४ खर्ब ८३ अर्ब ७५ कराेड ३८ लाख २२ हजार रुपैंया पुगेकाे छ । याे तथ्याङ्क अनुसार नेपालकाे निर्यात अायात अनुपात १६.५ गुणा हुन अाउँछ ।

नेपालबाट निर्यात हुने वस्तुहरुमा यार्न, उनी गलैंचा, तयारी पाेशाक, फलाम, जुस, चिया, कपडा, पश्मिना सल, अलैंची, जुट लगायत छन् । नेपालबाट सबैभन्दा बढी यार्न निर्यात हुने गरेकाे तथ्याङ्कले देखाएकाे छ, यसकाे हिस्सा १० प्रतिशत छ । त्यस्तै कुल अायातकाे १४‍.३ प्रतिशत पेट्राेलियम पदार्थ अायात भएकाे हुँदा यसकाे अाकार करिब ६९ अर्ब ७ कराेड पुगेकाे छ । त्यस्तै फलाम १२ प्रतिशत, मेसिनरी तथा पार्टस् ७‍.७ प्रतिशत, यातायात र त्यसका पार्टसहरु ७.७ प्रतिशत, हवार्इजहाज तथा पार्टसहरु ३‍.८ प्रतिशत, अन्न ३.१ प्रतिशत, तयारी पाेशाक २.९ प्रतिशत, सुन २‍.९ प्रतिशत, अाैषधी २.१ प्रतिशत र अन्य २६.१ प्रतिशत हिस्सा अायात भएकाे छ ।

नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, तयारी पोशाक, फलाम तथा स्टील र तिनका उत्पादनहरु, जुस, चिया, टेक्सटाइल, पश्मिना सल, अलैंची, जुटका झोला तथा बोराहरु, फेल्टका सामानहरु, मुसुरोको दाल, शिरपोश, तामाका सामानहरु, टुथपेष्ट, चाउचाऊ, रोजिन तथा रेजिन एसिड, जडिवुटी, जुत्ता, हस्तकलाका सामानहरु, सुतीका झोला, अदुुवा, मासु, छाला, सारयुक्त तेल, अदुवा, छाला आदि निर्यात हुने गरेकाे छ ।

नेपालको पैठारी व्यापारमा भारत, चीन, फ्रान्स, युएई, थाइलेण्ड, इण्डोनेशिया, स्वीट्जरलेण्ड, मलेशिया, क्यानडा, भियतनाम, अर्जेन्टिना, युक्रेन, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका प्रमुुख रुपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.