टाटा मोटर्सको तेस्रोे ग्लोबल सर्भिस क्याम्प शुक्रबारसम्म, निःशुल्क ड्राईभिङ्ग तालिम पाइने

  २०७५ मंसिर १३ गते १७:२५     विकासन्युज

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले मंसिर १४ गतेसम्म ग्लोबल सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ । मंसिर १२ गतेदेखि शुरु भएको उक्त क्यापको उद्घाटन टाटा मोटर्स् कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा तथा सिप्रदी ट्रडिङ प्रा. लि. का कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.राले संयुक्त रुपमा गरेका हुन् ।

उक्त उद्घाटन समारोहमा रुद्ररुप मैत्रा टाटा मोटर्स् कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुखले यस वर्ष पनि ४६ देशहरुभन्दा उत्कृष्ट प्रदर्शनको शुभकामना दिएका छन् ।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४६ राष्ट्र लगायत नेपालका ३८ विभिन्न स्थानहरुमा आयोजित गरिएको छ । यस ग्लोबल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्सका सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ ।

यस क्याम्पमा चालकहरुका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ्ग सम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टस्मा विशेष छुट, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टस्मा आकर्षक अफर, जस्ता प्रमुख विशेषताहरु छन् ।

सिप्रदी ट्रेडिङ्गले यसै अवसर पारेर टाटा मोटर्स्को नवीनतम प्रस्तुति टाटा विङ्गर मिनि बसको औपचारिक उद्घाटन गरी साथै साँचो हस्तान्तरण गरेको छ । त्यस क्याम्पमा एक्साईड ब्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक ल्यूब्रिकेन्टस्, शिखर इन्सुरेन्स, एपोलो टायर आदि ब्राण्डहरुले सहभागिता जनाए ।

सो अवसरमा टाटा योद्घा एक वर्ष भित्र एक हजार भन्दा माथि गाडि बिक्रि वितरण गरिएको पनि जानकारी गराए । त्यसैगरि, बालबालिकाको सुरक्षित विद्यालय यात्रालाई ध्यानमा राखि एक सन्देश मुलक भिडियो पनि रिलीज गरिएको थियो । देशका विभिन्न कुनामा भएका मेकानिकलाई निःशुल्क गाडि मर्मत तालिम दिई, अझ सक्षम बनाउनका लागि स्किल अप कार्यक्रमको घोषणा पनि गरिएको थियो ।

विश्वभर एकैसाथ हुने टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो नेपालमा तेस्रोे संस्करण हो । आर्कषक योजना, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न विषयहरुमा सचेतना, विभिन्न सेवा आदि यस क्याम्पका मुख्य आकर्षणहरु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.