२४ अर्बको वाइडबडी खरिदमा एक्लिए कंसाकार, अख्तियारदेखि संसदीय समितिद्वारा छानविन जारी

  २०७५ मंसिर १३ गते १३:४५     विकासन्युज

काठमाडौं । नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३०–२०० सिरिजको २ वटा विमान खरिदको विषयले चर्को रुप लिएको छ । विमान खरिद प्रक्रियामा अनियमितताको र विमान खरिदपछि निगम ऋणमा डुबेको आरोप लागेपछि यसको चर्चा अझै चुलिदै गएको छ ।

२७४ सिट क्षमताको विमान खरिदमा कानूनी प्रक्रिया पुरा नगरेको प्रतिवेदन सार्वजनिक भएपछि यो विषयले ठूलो रुप लिएको हो । विमान खरिद प्रक्रियाका एक्ला साक्षी बनेका निगमका महानिर्देशक सुगतरत्न कंशाकार अहिले खरिद प्रक्रियामा अनियमितता नभएको भन्दै बुझाउनमा व्यस्त छन् ।

खरिद प्रक्रियामा अनियमितता भएको विषयमा सार्वजनिक लेखा समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानको मुखमा महानिर्देशक कंशाकार एक्लिदै गएका छन् । लेखा समितिको मंसिर ९ गते बसेको बैठकमा पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, निगमका अध्यक्ष मदन खरेल र महानिर्देशक कंसकारलाई बोलाइएको थियो ।

बैठकमा सचिव देवकोटाले वाइबडी खरिद प्रक्रियामा मन्त्रालयले चासो दिइरहेको बताए तर खरिद प्रक्रियाको बोल्न चाहेनन् । निगमका कार्यकारी निर्देशक खरेलले आफू अध्यक्ष बनेको केहि महिना मात्र भएको बताए । उनले वाइडबडी विमानलाई राम्ररी सञ्चालन गर्न नसक्दा निगममा आर्थिक संकट आइपरेको बताए । वाइडबडीलाई जापान, चीन लगायत देशमा १७ घण्टासम्म सञ्चालन गर्ने बताउँदै खरिद प्रक्रियामा आफू संग्लग्न नरहेको बताए । उनले प्रक्रियाको बारेमा कंशाकारले नै प्रष्ट पार्ने बताए ।

कंशाकार बैठकमा बोलिरहँदा उनलाई समितिका सदस्यहरुले निकै चर्को श्वरमा प्रश्न गरेका थिए । तर कंशाकार नरम भाषामा पटक पटक हजुरको हजुरको भन्दै नरम शब्द प्रयोग गरी उत्तर दिइरहका थिए । उनले वाइडबडी खरिद प्रक्रियामा खरिद ऐनको कमा र पूर्णविराम समेत नबिगारेको बताए । आफ्नो कुसल साहसले गर्दा नै विमान ल्याउन सफल भएको दाबी गरे । आफ्नो विषयमा सर्वोच्च अदालतले नै बोलिसकेकोले धेरै प्रष्टाउन आवश्यक नभएको बताए ।

विमान खरिदको विषयमा पन्छिदै संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रबिन्द्र अधिकारीले आफू मन्त्री हुनुभन्दा पहिले नै खरिद प्रक्रिया अघि बढिसकेको बताए । उनले खरिद प्रक्रियामा भ्रष्टाचार भएको पुष्टी भएमा मन्त्रालयले कडा कारबाही गर्ने बताए । उनले खरिद प्रक्रियाको नाममा निगमलाई बदनाम गर्नु नहुने तर्फ पनि सचेत गराए ।

वायुसेवा निगम कमाई खाने संस्था भएकोले सधै घाटा खाएर निगम सञ्चालन गर्न नसक्ने बताए । निगमलाई कम्पनी मोडेलमा सञ्चालन गर्न फाइल अघि बढेको र केहि हप्तामै निर्णय भैसक्ने अधिकारीले जानकारी दिए । यस हिसाबमा कंशकार विमान खरिदमा एक्लै भिडिरहेका छन् ।

वाइबडी खरिद प्रक्रियामा प्रक्रिया पुरा गरे नगरेको बारे सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीले अनविज्ञता प्रकट गरे । रेग्मीले ऐन अनुसार नयाँ जहाज किन्न सिधैं कम्पनीसँग सम्पर्क गर्नु पर्नेमा १ हजार घण्टा मापदण्ड राखी नयाँ जहाज खरिद गरिएको बताए । बोलपत्रमा कम्पनीको नाम उल्लेख गरिनु पनि ऐन विपरित भएको विचार राखे । अब कार्यलयले समितिको निर्देशन अनुसार १ हप्ताभित्र अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ ।

याे पनि हेर्नुहाेस्

यसरी भयो वाइड बडीमा गडबडीः महालेखा परिक्षक टंकमणि शर्मा

लेखा समितिमा कंसाकारको बयानः वाइड बडीमा कमा र फुलस्टप पनि बिगारेका छैनौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.