हेबी इक्युपमेन्टमा बैंकले लिने व्याज निकै महँगाे भयाे-विष्णुकुमार अग्रवाल

  २०७५ मंसिर १२ गते १२:१६     विकासन्युज

एमएडब्लु अाेटाेबाेवाइल क्षेत्रकाे चर्चित नाम हाे । यस कम्पनीले माेटर साइकल, स्कूटर, कार, जीपका साथै हेविइक्वीप्टमेन्ट पनि बेच्दै अाएकाे छ । प्रस्तुत छ  पछिल्लाे समय नेपालमा किन हेबी इक्युपमेन्ट माग कस्तो छ ? बजार कस्ताे छ ? भन्ने विषयमा एमएडब्लुका कार्यकारी निर्दैशक विष्णु अग्रवालसँग विकासन्युजले गरेको कुराकानी ।

हेबी इक्युपमेन्ट बजार कस्ताे छ ?

पूर्वाधार निर्माणको क्रियाकलाप बढ्दै जाँदा ठूला निर्माण सामग्री हेभी इक्युपमेन्टको बजार पनि फराकिलो बन्दै गएको छ । ठूला पूर्वाधार निर्माणमा हेभी इक्युपमेन्टको प्रयोग अनिवार्य हुने भएकोले पनि यसको माग बढ्दै गएको हो । हामीले जेसीबीका डाेजर, लाेडर, राेलर, व्याकुलेडर लगायत सामाग्रीहरू बेच्दै अाएका छाैं ।

पछिल्लाे समय सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएकाे छ । यसले बजार विस्तारमा झनै सहयाेग पुग्ला, हाेइन ?

मैले अघि पनि भनेँ, नेपाली बजार बढ्नु भनेको हाम्रो लागि एकदमै महत्वपूर्ण अवसर हो । अहिले पूर्वाधार विकासको कामले तीव्रता पाएकाले हेभी इक्युपमेन्टको बजार बढ्ने क्रममा छ । यस्तोमा नेपाली बजार हाम्रो लागि साँच्चै नै महत्वपूर्ण छ । आशा गरौं नेपाल सरकारले पूर्वाधार विकासमा दिइरहेको प्राथमिकताले हाम्रो बजार अझ बढ्नेछ ।

जेसीबीकाे बजार कस्ताे छ ?

सबैलार्इ थाहा छ जेसीबी ब्राण्ड विश्वकाे अग्रणी ब्रण्ड हाे । नेपालमा पनि याे ब्रण्डलार्इ धेरैले मन पराउनु भएकाे छ । नेपालकाे बजारमा सबैभन्दा ठूलाे हिस्सा हामीले लिएका छाैं । हामीले हाम्रा प्रडक्टलार्इ बिक्रीमा मात्र जाेड दिएका छैनाै । बिक्रीपछिकाे सेवा, पार्टसकाे उपलब्धतालार्इ बढी जाेड दिएका छाैं । विक्री, सेवा र स्पेयर्स पार्टस् एउटै स्थानमा उपलब्ध गराउन एमएडुब्लुले धेरै लगानी गरेकाे छ ।

डाेजर र रोलर छ । पूर्वाधार विकासको लागि अत्याधिक खर्च गर्नेमा पर्ने भएकोले यी उत्पादन नेपालको विकासका लागि अभिन्न अंग बन्न सक्ने विश्वास छ । हाम्रो मुख्य प्राथमिकता भनेको हाम्रा ग्राहकसँगको सम्बन्धलाई सुमधुर बनाइराख्नु हो । हाम्रो सेवा मेशिन बेचिसकेपछि सकिँदैन । बिक्रीपछिको सुविधा पनि हाम्रो दायित्वभित्र पर्दछ । जसको लागि हामी विश्वसनीय सामान बेच्नुका साथै हाम्रा डिलरसँग पनि निरन्तर सम्पर्कमा हुन्छ । सामान किनेपछि ग्राहकलाई कुनै समस्या नहोस् ।

बैंकहरूमा लगानी याेग्य पुँजी छैन भन्ने समाचार अार्इरहेकाे हुन्छ । हेबी इक्युपमेन्ट खरीदमा बैंकले कर्जा कतिकाे दिएका छन् ?

बैंकले हेभी इक्युपमेन्टकाे मूल्यकाे ७० प्रतिशतसम्म लागनी गरिरहेका छन् । केन्द्रीय बैंकले यस क्षेत्रमा गरिएकाे लगानीलार्इ सकारात्मक सूचिमा राखेकाे छ । अरू अटाेमाेवाइल जस्ताे याे क्षेत्रमा कर्जा लगानीमा सरकारले कडा नियम बनाएकाे छैन ।  तर बैंकहरूले दिने कर्जामा १२ देखि १६ प्रतिशतसम्म व्याज लिने गरेका छन् । पूर्वाधार निर्माण र उत्पादन वृद्धिमा सहयाेग गर्ने यस्ताे क्षेत्रमा जाने कर्जामा सरकारले अरू क्षेत्रलार्इ जस्तै ५ प्रतिशत अनुदान दिएर ७ प्रतिशतमा कर्जा पाउने व्यवस्था हुनुपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.