११६ निजी कलेजको सम्बन्धन फिर्ता नगरे अख्तियार जाने सत्तारुढ विद्यार्थी संगठनका नेताको चेतावनी

  २०७५ मंसिर १२ गते ९:१३     विकासन्युज

काठमाडौं । नेकपाको भातृ संगठन अनेरास्ववियुका केहि नेताहरुले ११६ वटा निजी कलेजलाई दिईएको सम्बन्धन फिर्ता नगरे अख्तियारमा उजुरी दिने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी ओलीको पत्रका आधारमा त्रिभुवन विश्वविद्यालयले ११६ वटा निजी प्राबिधिक कलेजहरुलाई सम्बन्धन दिएको थियो ।
शैक्षिक माफियाहरुको दबावमा आर्थिक चलखेल मार्फत सो सम्बन्धन दिईएको आरोप लगाउँदै उनीहरुले तत्काल फिर्ता नगरे संसदिय समिति र अख्तियारमा उजुरी हाल्ने चेतावनी दिएका हुन् ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेकपाभित्र माधव नेपाल पक्षधर भनेर चिनिएका सुदेश पराजुली, आरती लामा र वसिम आलमले त्यस्तो घोषणा गरेका हुन् । उनीहरु तत्कालिन एमाले निकट अनेरास्ववियुको केन्द्रिय सचिव तथा प्रदेश संयोजकको जिम्मेवारीमा थिए ।

पार्टी घोषणा र संबिधानले नै शिक्षालाई मौलिक हकका रुपमा अघि सारेर समाजवाद स्थापना गर्ने लक्ष्य लिएको तर बामपन्थी सरकारले निजी कलेजलाई सम्बन्धन दिएकोमा उनीहरुले आश्चर्य समेत व्यक्त गरेका छन् । अनेरास्ववियुका सचिव सुदेश पराजुलीले समाजवादी लक्ष्य लिएको सरकारले निजी कलेजलाई सम्बन्धन दिएपछि बामपन्थी सरकारको नियतमै प्रश्न उठेको बताए ।

अर्का सचिव वसिम आलमले जनतालाई समाजवादको सपना बाढेर शिक्षामा व्यापारीकरण बढाउने गरि सम्बन्धन दिने कुरा आफुहरुलाई स्वीकार्य नभएको स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.