चेम्बर एक्स्पो मंसिर १३ गतेदेखि शुरु, निकासी योग्य वस्तुको प्रवद्र्धन गर्ने

  २०७५ मंसिर ११ गते १९:०४     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कर्मसले आगामी मंसिर १३ गतेदेखि ‘नेपाल चेम्बर एक्स्पो २०१८’ गर्ने भएको छ । चेम्बरले निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण गर्ने उद्देश्यले सो दिनदेखि ५ दिन(मंसिर १७ गते)सम्म उक्त एक्स्पोको आयोजना गर्न लागेको हो ।

काठमाडौंको भृकुटी मण्डपमा हुने उक्त मेलामा १९० वटा स्टल रहने आयोजकले बताएका छन् । ५ दिन सम्म चल्ने सो मेलामा अटोमोबाईल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्नि्सिङ, होम अप्लायन्स, फेसन वेर एण्ड एसेसरीज, मोबाइल ग्याजेटस्, एफएमसीजी लगायतका स्टल रहनेछन् ।

मेलाको चौथो संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात निर्यातको सूचना आदान प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिइने चेम्बरले जनाएको छ । गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उक्त प्रदर्शनीको प्राथमिकता रहेको छ ।

प्रदर्शनी मार्फत निकासी योग्य वस्तुको प्रवद्र्धन गर्न सबै व्यापारीक समुदायलाई प्रोत्साहन गरिने चेम्बरले बताएको छ । यस वर्ष म्यानमार एक्स्पोको पार्टनर कन्ट्री रहेको छ । मेलामा म्यानम्यारको म्यानम्यार उद्योग वाणिज्य महासंघको सहकार्यमा उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने छन् ।

मेलामा म्यानमार, चीन, पाकिस्तान, बङ्गलादेश, कोरिया, भारत, जापान तथा अन्य देशहरु सहभागी हुने अायाेजकले जानकारी दिएकाे छ । साथै, मेलाकाे अफिसियल इन्स्याेरेन्स प्रभु इन्स्योरेन्स रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.