दुगड ब्रदर्सले एमकेजी ब्राण्डको बिक्री वितरण गर्ने, भित्र्यायो ५ किसिमका निर्माण उपकरण

  २०७५ मंसिर ६ गते १६:४६     विकासन्युज

काठमाडौं । भारतको सुप्रसिद्ध व्यवसायी घराना रजत ग्रुप अफ कम्पनीज अन्तर्गतको निर्माण सामाग्री एमकेजी ब्राण्डको बिक्री वितरण दुगड ब्रदर्स एण्ड सन्स् प्रा.लि. ले गर्ने भएको छ । आधिकारिक बिक्रेता भए लगतै अब दुगड ब्रदर्सले स्मार्ट प्रबिधिबाट छिटो र गुणस्तरीय ढङ्गले निर्माण कार्यलाई अगाडी बढाउँदै लैजाने प्रतिवद्धता जनाएको छ ।

नेपालका लागि प्रतिष्ठित औधोगिक तथा व्यापारीक घराना एम्. भि. दुगड अन्तर्गतको दुगड ब्रदर्सले नेपालमा ५ किसिमका निर्माण उपकरण भित्र्याएको छ । कम्पनीले कङ्कृट उपकरण, स्टिल बेन्डिङ्ग र कटिङ्ग मसिन, पेसेन्जर कम मेटरियल एलिभेटर, रोलर तथा लाईट उपकरण तर्फ कङ्कृट भाइब्रेटर, ट्रावेल, स्याण्ड स्क्रिनिङ्ग मेसिन नेपाली बजारमा भित्र्याएको हो ।

मंसिर ६ देखि ८ गतेसम्म भक्तपुरमा सञ्चालन हुने ३ दिने कनम्याक नेपाल २०१८को पहिलो दिन एमकेजीको लन्चिङ्ग भएको हो । ह्याङ्गर बि.बि २१८ स्टलमा भएको सोही कार्यक्रममा एम्. भि. दुगडका कार्यकारी अध्यक्ष मोतिलाल दुगड एमकेजी भारतका उपाध्यक्ष रबिन्द्र बङ्गार र एमकेजी नेपालका हेड अफ अपरेशन शम्भु कर्नले संयूक्त रुपमा उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।

एम्. भि. दुगडले ३४ वटा शाखाहरुबाट एमकेजीको विक्री वितरण शुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.