महंगो गाडी र मोटरसाइकलको कर अझै बढाउँछु अर्थमन्त्री: युवराज खतिवडा

  २०७५ मंसिर ५ गते २१:५२     विकासन्युज

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडा विलासी सामाग्रीमाथी आक्रामक बन्दै गएका छन् । खतिवडाले नेपालीहरुको आम्दानी भन्दा धेरै विलासी वस्तुहरुमा लगानी बढेको भन्दै त्यस्ता सामाग्रीमा करको दर बढाउने बताएका हुन् ।

‘अत्याधि विलासी बस्तुको आयातले व्यपार घाटा बढेको र सोहि अनुसार ऋणको माग बढ्दै जादाँ बैकले पनि ऋण दिन नसकेको अवस्था छ । यो ट्रेण्ड रोकिएन भने हामीले हिड्न खोजेको समृद्धि प्राप्त गर्न सक्दैनौं । यसो भनिरहँदा नेपाल डम्पिङसाइड बनिरहेको कुरालाई हामीलाई बिर्सनु हुँदैन । यसका लागि एन्टिडम्पिङ ऐन बनिरहको छ । ३ सय डलरमा १ टन सामाग्री लिएर नेपालमा बिक्री गर्ने परिपार्टीको अन्त्य हुनेछ ।
वातावरणलाई असर गर्ने किसीमका सामाग्रीहरुमा प्रतिबन्ध लगाउन एन्टिडम्पिङ ऐनले सहयोग गर्दछ । मन्त्री खतिवडाले थपे म राजस्व धेरै उठ्यो भनेर कहिल्यै घमण्ड गर्दिन, जनताबाट उठेको कर जनताकै कल्याणका लागि खर्च गर्ने मेरो प्रयास हो ।

मैले उद्योगीहरुलाई नकारात्मक असर गर्ने गरी कुनै काम गरेको छैन । यदि कुनै काम भएको भए आउनुहोस् छलफल गरौं । मैले करको दर बढाउने भनेको होइन दायारा बढाउने भनेको हो । अझैपनि धेरै क्षेत्रहरु करको दायारा ल्याउन बाँकी रहेको छ ।’ बुधबार आयोजित ‘कर सुधार आजको अपरिहार्यता’ विषयक कार्यक्रममा अर्थमन्त्री खतिवडाले साे विचार राखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.