कपडा उद्योगीले निहुँ नखोजे हुन्छ, मेरो कार्यकालमा भ्याट फिर्ता हुँदैन- अर्थमन्त्री

  २०७५ मंसिर ५ गते १८:०८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले विश्वको कुनै पनि देशमा प्रचलनमा नरहेको भ्याट फिर्ता प्रणाली ल्याएर देशको ढुकुटी रित्याउने कामलाई सरकारले निरन्तरता नदिने भन्दै आफ्नो कार्यकालभर त्यस्तो कुनै पनि छुट नदिने दृढता व्यक्त गरेका छन् ।

राजधानीको गैरीधारास्थित एक होटलमा बुधबार आयोजित ‘कर सुधार आजको अपरिहार्यता’ विषयक कार्यक्रममा अर्थमन्त्री खतिवडाले भ्याट छुटका लागि कपडा उद्योगीहरुले उद्योग बन्द गरेर घुर्की लगाएको भन्दै निहुँन खोज्न चेतावनी समेत दिएका छन् ।

नेपाल उद्योग परिसंघ र राजश्व विभागको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको थियो ।

सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत् विभिन्न क्षेत्रका उत्पादकहरुलाई दिँदै आएको भ्याट फिर्ता गर्ने पहिलेको व्यवस्था खारेज गरेपछि हाल २०० भन्दा बढी कपडा उद्योगीहरुले व्यवसाय गर्न नसकिने भन्दै कपडा उद्योग बन्द गरि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.