ओपो एथ्रीएसको मूल्य घट्यो, अब २४ हजार ५९० रुपैयाँमै पाइने

  २०७५ मंसिर ५ गते १५:४९     विकासन्युज

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले एथ्रीएस (थ्रीजीबी) को मूल्यमा १ हजार ९ सयको कटौती गरेको छ । यसै बर्षको मध्य सेप्टेम्बरमा मूल्य २६ हजार ४ सय ९० रुपैयाँमा सार्वजनिक गरिएको उक्त फोन अब बजारमा २४ हजार ५ सय ९० रुपैयाँमा पाइने छ ।

सुपर फुलस्क्रिन सहित सार्वजनिक गरिएको एथ्रीएस, ए सिरिज अन्तर्गतकै पहिलो उपकरण हो । कम्पनीले १६ नोवेम्बरदेखि नै एथ्रीएसका लागि नयाँ मूल्य लागू गरिसकेको छ ।

फोनमा १३+२ एमपी डुअल रियर क्यामेरा सहित सार्वजनिक ओपोको पहिलो उपकरण हो । फोनको १३ एमपी क्यामेरामा एफ/२.२ एपर्चर तथा २ एमपी क्यामेरामा एफ/२.४एपर्चर (सेन्सर एलईडी फ्ल्याश सहित) र सेल्फी तथा भिडियो च्याटका लागि एआई ब्यूटी प्रविधि तथा एफ/२.२ एपर्चर सहितको ८ एमपी क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ । ३ जीबी र्याम र ३२जीबी सञ्चय क्षमता, क्वालकम स्न्यापड्रागन ४५० ओक्टा कोर प्रोशेसर र ४२३० एमएएच ब्याट्री जडित नव प्रबर्तनात्मक फिचर्समा रहेको छ ।

४,२३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडित एथ्रीएसमा कलर ओएस ५.१मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणाली उपलब्ध गरिएको छ । फोनको सेन्सर अनबोर्डमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, जी सेन्सर र एक्सेलेरोमिटर लगायत सुविधा जडित रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.