बोनस नपाउने भएपछि सानिमा बैंकका लगानीकर्ता निरास, सेयर मूल्य घट्यो

  २०७५ मंसिर ५ गते १४:३९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा सानिमा बैंकले सेयरधनीलाई बोनस सेयर वितरण नगर्ने भएको छ । बोनस सेयर नपाउने भएपछि सो बैंकका लगानीकर्तामा निरासा देखिएको छ ।

बुधबार बैंकले एक सूचना जारी गरी सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले सेयरधनीलाई १४ प्रतिशत अर्थात एक अर्ब १२ करोड रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बैंकको हालै बसेको संचालक समितिको बैठकले गरेको हो ।

बैंकले नगद लाभांश घोषणा गरेपछि यसको सेयर मूल्य घटेको छ । मंगलबार प्रतिकित्ता ३२५ रूपैयाँमा कारोबार भएको यस बैंकको सेयर बुधबार झरेर ३२४ रूपैयाँ पुगेकाे छ । अघिल्लाे दिनकाे तुलनामा बैंककाे मूल्य ०.३१ प्रतिशतले घटेकाे छ । बोनस सेयर नपाउने भएपछि लगानीकर्तामा निरासा देखिएको सेयर मूल्यले संकेत गरेको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख रुपैयाँ रहेको छ ।

बैंकको आगामी वार्षिक साधारणसभा मंसिर २८ गते बस्दै छ । सो प्रयोजनको लागि मंसिर १४ गते कम्पनीको बुक क्लोज छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.