काठमाडौंमा एशिया स्वच्छ व्यवसाय सम्मेलन हुँदै, व्यापारसँगै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य

  २०७५ मंसिर ५ गते १४:३९     विकासन्युज

काठमाडौं । विहिबारदेखि बूढानीलकण्ठस्थित पार्क भिलेजमा ‘एशिया स्वच्छ व्यवसाय सम्मेलन २०१८’ आयोजना हुने भएको छ । तीन दिनसम्म हुने उक्त सम्मेलन एशिया स्वच्छ व्यवसायी सङ्गठन र स्वच्छ व्यवसाय समूह नेपालले स्वच्छ व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागेको हो।

एशिया स्वच्छ व्यवसायी सङ्गठनका अध्यक्ष चित्रबहादुर केसीले सम्मेलनको व्यापार प्रवद्र्धनसँगै पर्यटन प्रवद्र्धनको उद्देश्य रहेको छ ।

‘दिगो विकास लक्ष्य २०३० मा स्वच्छ व्यवसायको भूमिका’ प्रमुख मुद्दा रहने सम्मेलनले स्वच्छ व्यवसायको मूल्याङ्कन पद्धति, बजार विस्तार र स्वच्छ व्यवसाय प्रवद्र्धनका विषयमा छलफल हुने जानकारी दिएका छन् ।

५० वटा स्टल रहने उक्त कार्यक्रममा क्रेता, बिक्रेता, विज्ञ र नीति निर्मातासमेत झण्डै १५० को सहभागिता रहनेछ ।एशियासँगै अरु प्रशान्तका सङ्गठनका सदस्यसमेत सम्मेलनमा सहभागी हुनेछन् ।

विज्ञसँग जीवन निर्वाह ज्याला र स्वच्छ ज्यालाको विषयमा समेत छलफल हुने भएको छ । नेपालमा नौ वर्षपछि यो सम्मेलनको आयोजना भएको यस सङ्गठनले दुई/दुई वर्षमा एशियाका विभिन्न शहरमा आयोजना गर्दै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.