प्रादेशिक संरचना अनुसारको सवारी भेटिएनन्, सफ्टवेयर बनेपछि एम्बोस्ड नम्बर प्लेट दिइने

  २०७५ मंसिर ५ गते १३:५४     विकासन्युज

काठमाडौं । यातायात व्यवस्था विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालय मोटरसाइकल शाखाले नयाँ नम्बर प्लेट दिने भएको छ । प्रदेश सरकार मातहतमा गएको एक महीना नाघ्दासमेत यातायात व्यवस्था कार्यालय, वाग्मती कार्यालयले सानाठूला सवारी शाखाले प्रादेशिक संरचना अनुसारको सवारी नम्बर उपलब्ध गराउन  असक्षम रहेकाे छ ।

नयाँ नम्बर प्लेटका लागि सफ्टवेयर बन्न बाँकी भएकाले पुरानै नम्बर दिइएको कार्यालयका प्रमुख वसन्तप्रसाद पन्थीको भनाई रहेको छ । सफ्टवेयर बनेपछि प्रदेशकै नम्बर प्लेट प्रदान गर्ने  जानकारी प्रदान गरे । यातायात व्यवस्थासम्बन्धी ऐन बनाउन लागेको कुरा बताउँदै प्रदेशले यातायात व्यवस्थासम्बन्धी ऐन बनाएपछि पनि कार्यान्वयन गर्ने पन्थीले जनाएका छन् ।

प्रदेश सरकारको गत असोज १ गते बसेको मन्त्रिपरिषद् बैठकले यातायात व्यवस्था कार्यालय प्रदेश मातहतमा हुने निर्णय गरेको थियो । तत्कालीन प्रदेश नं ३ का भौतिक योजना तथा निर्माण व्यवस्थामन्त्री केशव स्थापितले अहिले कार्यालयको सङ्केत नम्बर, लोगो, छापलगायतका सबै कुरा प्रदेश नं ३ बनाइ सकिएको जानकारी दिएका छन् ।

मोटरसाइकलमा दुई अङ्क सकिएकाले पनि हतारमा प्रदेश नं ३ को नम्बर दिन थालिएको छ । यातायात व्यवस्था नियमावली २०५४ मा सवारी साधनको नम्बर प्लेट दुई अङ्कको हुने व्यवस्था थियो । ९९ लट सकिएपछि मोटरसाइकल र स्कुटरको प्रदेशको नम्बर दिइएको हो ।

साना ठूला सवारीको भने अहिले १५ लट पुगेको छ । कानून बन्ने र सफ्टवेयरमा परिवर्तन भएपछि नयाँ नम्बर आउने भएको छ  । अञ्चल कार्यालयले दिएको नम्बर प्लेटमा दुई लाइन भएकामा मोटरसाइकलको जस्तै प्रदेश कार्यालयले दिने प्लेटमा तीन लाइन हुनेछ ।

पहिलो लाइनमा प्रदेश नं ३, दोस्रोमा लट नम्बर र तेस्रो लाइनमा नम्बर लेखिन्छ । चार पाङ्ग्रे सवारीमा पनि यात्रुबाहक ठूला सवारीका तुलनामा कार, जीप, भ्यानलगायतका निजी नम्बर प्लेटका साना सवारीको दर्ता बढिरहेको छ ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.