महोत्तरीकाे स्वास्थ्य चौकीका सहायक २० दिनदेखि बेपत्ता, बिरामी भारी मारमा 

  २०७५ मंसिर ५ गते १२:४९     विकासन्युज

काठमाडौं । महोत्तरीको एकडारा गाउँपालिका-५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार शाह २० दिनदेखि बेपत्ता छन् ।

साह बेपत्ता भएपछि बिरामी मारका परेका छन् । साह कहाँ कुन अवस्थामा रहेको भन्ने बारेमा कुनै जानकारी नभएको एकडारा गाउँपालिका-५ का वडाध्यक्ष शेराजुद्दिन अन्सारीको भनाई रहेको छ ।

उपचारका लागि आउने बिरामीलाई निकै सास्ती भएको त्यहाँ कार्यरत अनमी प्रतिमा चौधरी पौडेलले जानकारी दिएकी छन् । स्वास्थ्य चौकीमा दैनिक ७० देखि ८० बिरामी उपचारका लागि आउने गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.