एचएच बजाजको नयाँ शोरुम बाराको जीतपुर र गौरमा

  २०७५ मंसिर ४ गते १९:१७     विकासन्युज

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ शोरुम “न्यु एसडिएस इन्टरप्राइजेर्ज’, जीतपुर (बारा) र “गुप्ता अटोमोबाईलस“ गौरमा संचालनमा ल्याएको छ ।

एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको जनाएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ ।

एचएच बजाजले कही कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको हंशराजहुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका जेनेरल म्यनाजेर योगेन गुरुङले बताए । बजाज नेपालमा सबै भन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड भएको जनाउँदै उनले भने–एचएच बजाज देशभरी रहेका ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छ ।

नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरु लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.