कंगारु एजुकेशन फेयर पोखरामा सम्पन्न, ३१ सयले गरे अवलोकन

  २०७५ मंसिर ४ गते १८:१७     विकासन्युज

काठमाडौं । कंगारु एजुकेशन फाउण्डेशनले आयोजना गरेको कंगारु एजुकेशन फेयर अल नेपाल रोड शो मंगलवार पोखरामा कार्यक्रम गरी सम्पन्न भएको छ । वैदेशिक शिक्षा अध्ययन गर्न जान चाहने पोखरा र यस वरपरका विधार्थीहरुलाई लक्षित गरी गरिएको पोखराको शैक्षिक मेलाको उद्घाटन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र कंगारुका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले गरेका थिए ।

मेलामा अस्ट्रेलिया, न्यूजीलेण्ड, क्यानडा, अमेरीका र यूरोपका गरी २१ वटा प्रतिष्ठीत विश्वविद्यालय तथा कलेजहरुको सहभागीता रहको थियो भने ३०० भन्दा बढीले पोखराको मेला अबलोकन गरेको कंगारु एजुकेशन फाउण्डेशन पोखराका निर्देशक टि.आर. काफ्लेले बताए ।

कात्तिक २९ गते बिहिबार पुर्व झापाको विर्तामोडबाट शुरु भएको यो एजुकेशन फेयर काठमाडौं, बुटवल हुँदै पोखरामा सम्पन्न भएको छ । देशका विभिन्न ५ स्थानमा आयोजित यो पटकको फेयरमा करिब ३१०० विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो । फेयरमा सहभागी विद्यार्थीलाई पछी पनि विशेष छुटको व्यवस्था गरेको प्रमुख कार्यकारी अधिकृत तिमल्सिनाले बताए ।

विभिन्न देशका २१ विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसँग विद्यार्थी र अभिभाबकलाई प्रत्यक्ष भेट गराई त्यहाँको शैक्षिक प्रणाली, विद्यार्थीलाई दिइने सुविधा, काम गर्न पाउने अधिकार, पढ्ने विषय, पढाइ पछिको अवसरका विषयमा पुर्ण जानकारी दिइएको कंगारु एजुकेशन फाउण्डेशनका निर्देशक सुष्मिता पराजुलीले बताइन् ।

मेला अवलोकनमा गएका सम्पूर्ण विद्यार्थी र अभिभावकहरुले कलेज विश्वविद्यालय छनौट देखि परिपक्व डकुमेन्टेसन मार्फत एड्मिसन र भिजाका सम्बन्धमा पनि परामर्श लिएका छन् ।

यो मेलामा आइडीपी तथा नेपाल एसबीआई बैंकको पनि सहभागीता रहेको थियो । विद्यार्थी तथा अभिभावकहरुले अङ्गेजी भाषा परीक्षा आइलटिएस तथा शैक्षिक कर्जा सम्बन्धी समेत जानकारी लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.