बाल्ट्राले ल्यायो रिमोटबाट चल्ने नयाँ हिटर, घरको भित्तामा पनि राख्न मिल्ने

  २०७५ मंसिर ४ गते १४:०५     विकासन्युज

काठमाडौं । बाल्ट्रा होम एप्लाइन्सेसले बाल्ट्राका विभिन्न गुणस्तरीय ग्याँस तथा ईलेक्ट्रोनिक नयाँ हिटर र गिजरहरु नेपाली बजारमा भित्राएको छ । घर, होटेल, अफिस आदिमा प्रयोग गर्न सकिने बाल्ट्राका हिटर तथा गिजरहरु बजेट सुहाउँदो र नवीनतम प्रविधि प्रयोग गरी बनाइएको छ ।

त्यसैगरी, बाल्ट्राले यस जाडोयामको समयमा पिटिसि वाल हिटरलाई नेपाली बजारमा ल्याएको छ । घरको भित्तामा राख्न सकिने यस पिटिसि वाल हिटरमा डिजिटर डिस्प्ले र रिमोट कन्ट्रोल समेत रहेको छ । एफेक्ट र क्यालोर नामक दुई फरक मोडलमा उपलब्ध यस हिटरलाई नेपालमै पहिलो पटक बाल्ट्राले नेपाली बजारमा भित्राएको हो ।

बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.