स्वास्थ्य क्षेत्रको उत्कृष्ट करदाताको रुपमा नोबेल अस्पताल सम्मानित

  २०७५ मंसिर २ गते १३:१४     विकासन्युज

काठमाडौं। सरकारले गत आर्थिक वर्ष (आव) २०७३/७४ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ। सातौं राष्ट्रिय कर दिवसका अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले उत्कृष्ट १५ करदातालाई सम्मान गरेका हुन्।

आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ। सोही मेसोमा उक्त आवमा सबैभन्दा बढी कर तिर्ने करदातालाई पनि सम्मान गरिएको हो।

आव ०७३/७४ मा स्वास्थ्य र शिक्षा क्षेत्रमा सबैभन्दा बढी कर नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले तिरेको छ।

आर्थिक बर्ष २०७३/०७४ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेललाई सरकारको तर्फबाट सम्मानित गरिएको हो।

सातौं कर दिवसको अवसरमा शनिवार राजधानीमा आयोजित कर दिवस समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्मालाई माला लगाएर सम्मानपत्र प्रदान गरे। कार्यक्रममा बिभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरुलाई सम्मानित गरिएको थियो।

२०६१ सालमा बिराटनगरको कञ्चनवारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय शिक्षाका क्षेत्रमा मुलुककै उत्कृष्ट सस्थाको रुपमा स्थापित भएको सञ्चालक डा.सुनिल शर्माले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.