विश्व बैंकले रामेछापको गाइखुरामा भूकम्प पीडितलाई एकिकृत बस्ती बनाईदिने

  २०७५ कार्तिक ३० गते २०:४९     विकासन्युज

रामेछाप । अर्थमन्त्री डा युवराज खतिवडाले २०७२ सालको भूकम्पले क्षति पुर्याएका संरचनाहरुको पुनःनिर्माणका लागि बजेटको अभाव नरहेको बताएका छन ।

रामेछापको मन्थली नगरपालिका–८ स्थित गाईखुरामा निर्माण गर्न लागिएको एकीकृत नमूना बस्तीको अवलोकन गर्दै अर्थमन्त्री खतिवडाले भूकम्पपछिको पुनःनिर्माणमा देखिएको बजेट समस्यालाई व्यवस्थापन गर्ने कार्यमा सरकार जुटेको बताएका हुन ।

उनले पुनःनिर्माणको कार्यमा सरकारले विशेष ध्यान दिएको पनि बताए । भूकम्प गएको तीन वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत विश्व बैंकको सहयोगमा गाईखुरामा २५ घरसहितको एकीकृत नमूना बस्ती निर्माण हुन लागेको हो ।

अर्थमन्त्री खतिवडासँगै पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली, सांसद श्यामकुमार श्रेष्ठ, शान्तिप्रसाद पौडेल, रीता माझी र विश्व बैंकका प्रतिनिधि एकीकृत बस्तीको निरीक्षणका लागि गाईखुरा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.