आइएमईको ‘दशैंमाबिस लाख’ योजना अन्तर्गत मल्लले जिते एक लाख रुपैयाँ

  २०७५ कार्तिक ३० गते १६:५४     विकासन्युज

काठमाडौं । रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले ‘दशैंमाबिस लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ । उक्त योजनाको विजेतामा सफ्टवेयर पद्धतीमा आधारित ‘लक्की ड्र’ बाट नेत्रबहादुर मल्ल पहिलो महिनाको विजेता घोषित भएका छन् ।

क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गरेका सेवाग्राही मल्लले उक्त योजना अन्तर्गत एक लाख रुपैयाँ जितेका छन् । आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले उपहार स्वरुपको उक्त रकमको चेक मल्लको सिफारिस बमोजिम रीता सुनुवारलाई हस्तान्तरण गरेका छन् ।

यही गत असोज ७ गतेदेखि शुरु भई आगामी मंसिर मसान्तसम्म लागु हुने सेवाग्राहीमुखी यस योजनाअन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एकजना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँच जना र दैनिक ‘लक्की ड्र’ बाट तीन सय जना सेवाग्राहीहरू विजेता घोषित भइसकेका कम्पनीले जनाएको छ ।

योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्नेछन् । योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत हजार रुपैयाँको बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई १० हजार रुपैयाँ नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई १ लाख रुपैयाँ नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई २० लाख रुपैयाँ नगद प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.