‘सातौं राष्ट्रिय कर दिवस’ शनिबार मनाइँदै , बढी कर तिर्ने १५ करदाता सम्मानित हुँदै

  २०७५ कार्तिक ३० गते १५:३८     विकासन्युज

काठमाडौं । सरकारले शनिबार ‘सातौं राष्ट्रिय कर दिवस–२०७५’ मनाउँदै छ । नेपालले २०५४ साल मंसिर १ गतेदेखि लागु गरेको मूल्य अभिवृद्धि करको सम्झनामा ६ बर्ष अघिदेखि प्रत्येक मंसिर १ गते यो दिवस मनाइँदै आएकोमा शनिबार सातौं दिवस मनाउन लागेको हो । उक्त अवसरमा सरकारले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहको आयोजना गरेको छ । उक्त समारोहलाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बोधन गर्नेछन् ।

शनिबार आयोजना हुने कार्यक्रम अघि काठमाडौं र ललितपुर जिल्लाका सबै आन्तरिक राजश्व कार्यालयहरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र राष्ट्रिय उद्योग व्यापार संगठन र तीसँग सम्बन्धित वस्तुगत संघ संगठनहरु समेतको सहकार्यमा प्रभातफेरीको आयोजना गरिनेछ । उक्त प्रभातफेरी प्रज्ञा प्रतिष्ठानमा पुगेर सभामा परिणत हुने जनाइएको छ ।

आन्तरिक राजश्व विभागको आयोजना केन्द्रीय तहमा मनाइने उक्त हुने कार्यक्रममा विभिन्न क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने १५ जना करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, प्रत्येक आन्तरिक राजश्व कार्यलयबाट १/१ जना उत्कृष्ठ कर्मचारीलाई समेत पुरस्कृत गरिने जनाइएको छ । त्यस्तै कर दिवसको दिनमा देशभर विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरिनेछ चने अघिल्लो वर्ष उक्त कार्यक्रममा प्रथम हुनेहरुलाई प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुरस्कृत समेत गरिनेछ ।

उक्त कार्यक्रम आयोजनाका लागि आन्तरिक राजश्व विभागका महानिर्देशकको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । सो समिति अन्तर्गत ७ ओटा उपसमिति समेत गठन गरिएको आन्तरिक राजश्व विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.