छिमेक लघुवित्तका सीईओ रामचन्द्र जोशीको कार्यकाल थपियो

  २०७५ कार्तिक ३० गते १४:२४     विकासन्युज

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रामचन्द्र जोशीको कार्यकाल थपिएको छ ।

सञ्चालक समितिको कात्तिक २८ गते बसेको २१७औँ बैठकले जोशीको कार्यकाल थप्ने निर्णय गरेको हो ।

जोशीको पदावधी यही मंसिर १९ गतेबाट सकिने भएकाले लघुवित्तले उनको कार्यकाल आगामी एक वर्षसम्मलाई थपेको हो ।

कार्यकाल थप पश्चात जोशीले २०७६ साल मंसिर मसान्तसम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा यस छिमेक लघुवित्तको नेतृत्व सम्हाल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.