चालु आर्थिक वर्षको तीन महिनामा दुई करोड १६ लाख राजश्व सङ्कलन

  २०७५ कार्तिक ३० गते १३:४३     विकासन्युज

काठमाडौं । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा भारतबाट ३० लाख छ हजार किलो फलफूल आयात गरेको छ । चालु आर्थिक वर्षको तीन महिनामा दुई करोड १६ लाख ४० हजार राजश्व सङ्कलन भएको छ ।

सो नाका भएर गत आर्थिक वर्षको सोही अवधिमा २२ लाख ५३ हजार किलो फलफूल आयात गरिएको थियो । गत आर्थिक वर्ष भन्दा सात लाख ५२ हजार किलो बढी फलफूल आयात भएको भन्सार प्रमुख निमान्स अधिकारीको भनाइ छ ।

गत आर्थिक वर्षमा सो अवधिमा एक करोड ३८ लाख राजश्व सङ्कलन भएको थियो । विराटनगर नाका भएर भारतबाट नरिवल, बदाम, आलमण्ड, ओखर, पेस्ता, केरा, खजुर, छोहरा, अम्बा, आँप, सुन्तला, कागती, अङ्गुर, किसमिस, स्याउलगायत फलफूल आयात गरिँदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.