दोलखाको सिङ्गटीखोला जलविद्युत आयोजनाको निर्माणकार्य ८० प्रतिशत सम्पन्न

  २०७५ कार्तिक ३० गते ११:५६     विकासन्युज

काठमाडौं । दोलखा जिल्लाको सिङ्गटी खोलामा निर्माणाधीन सिङ्गटीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य करीब ८० प्रतिशत सम्पन्न भएको छ । २५ मेघावाटको उक्त आयोजना असोज २० मा पहिलो सुरुङ ‘ब्रेक थ्रु’सँगै करीब ८० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख मनहरि सापकोटाले जानकारी दिएका छन् । आयोजनाको पहिलो सुरुङ छिचोलेपछि सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले दुई वर्षको अवधिमा आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुर्याएको हो ।
अहिले आयोजनाको हेडतर्फको सुरुङभित्र फिनिसिङको काम शुरु भएको अयोजना प्रमुख सापकोटाले जानकारी दिनुभयो । पाँच हजार ९१५ मिटर लामो हेडरेस सुरुङमध्ये अब पावरहाउसतर्फको खण्डमा ९०० मिटर सुरुङ मात्र खन्न बाँकी रहेको आयोजनाले बताएको छ । फागुनभित्र मुख्य सुरुङ छेड्ने लक्ष्य आयोजनाले राखेको छ । विद्युतगृहको काम पनि करीब ६० प्रतिशत सम्पन्न भएको आयोजनाको जनाएको छ। चैत मसान्तभित्र विद्युत्गृहको काम पनि सकिने अयोजना प्रमुख सापकोटाले जानकारी दिएका छन् । सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको यस अयोजनाबाट २०७६ वैशाख १ गतेदेखि विद्युत् उत्पादन गर्ने तालिका छ ।
कुनै कारणवश निर्माणमा ढिलाइ भए ढिलोमा २०७६ असारसम्ममा विद्युत् उत्पादन शुरु हुने आयोजनाले जानकारी दिएको छ । चार अर्ब ६३ करोड लागत अनुमान गरिएको यस आयोजना निर्माण शुरु गर्दा १६ मेगावाट क्षमता रहेपनि पछि क्षमता वृद्धि गरी २५ मेगावाट पुर्याइएको आयोजनाले बताएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.