दार्चुलाको धार्चुला नगरपालिकामा स्थानीय निर्वाचन हुँदै, खलङ्गा झोलुङगे पुल ४८ घन्टासम्म बन्द

  २०७५ कार्तिक ३० गते १०:१५     विकासन्युज

काठमाडौं । भारतको पिथौेरागढमा महाकाली नदीमाथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द गरिने भएको छ । नेपाल भारत जोड्ने उक्त पुल धार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने पिथौरागढ जिल्ला अधिकारीबाट जानकारी दिएका छन् ।

नोभेम्बर १८ (मङ्सिर २ गते) का दिन बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म पिथौरागढमा स्थानीय निकायको निर्वाचन हुने भएको छ । सुरक्षाका कारण ४८ घण्टाका लागि पुल बन्द गर्ने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताएका छन् । निर्वाचनलाई लक्षित गरी बेलुकी ५ बजेदेखि मङ्सिर २ गतेसम्म पुल बन्द हुने भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.