गोल्डफिश इन्टरनेशनल बन्यो एसएमएल ईसुजुको आधिकारीक विक्रेता

  २०७५ कार्तिक २९ गते १७:४३     विकासन्युज

काठमाडौं । लक्ष्मी समूहअन्तर्गत गोल्डफिश इन्टरनेशनल प्रा.लि. इन्डियाको एसएमएल ईसुजु सवारी साधनको लागी आधिकारीक विक्रेता बनेको छ । सो सम्बन्धि बिहीबार दुई कम्पनीबीच एक आपसमा सम्झौता भएको छ ।

उक्त सम्झौतासँगै गोल्डफिश इन्टरनेशनलले अब नेपाली ग्राहकका लागि उत्कृष्ट सेवा र सुविधा दिने भएकाे छ ।

नेपालको बाटोको अवस्थालाई ध्यानमा राखी एसएमएल ईसुजुले विभिन्न थरीका आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, टिपरहरु लिएर आएको छ ।

यस प्रारम्भिक चरणमा कम्पनीले काठमाडौंमा एक थ्री एस सेवा र एक टुएस सेवा सुविधा शुरु गर्न गईरहेको छ । त्यसैगरी, पोखरामा एक थ्रीएस सुविधा, बनेपामा एक टुएस सुविधा, पाँचखालमा एक टुएस सुविधा र धादिङमा एक टुएस सुविधा शुरु गरिने भएको छ । आगामी दिनमा उक्त सेवाहरु इटहरी, विदुर (त्रिशुली), दाङ, हेटौँडा, भैरवा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा शुरु गरिने भएको छ ।

गोल्डफिश इन्टरनेशनलले उत्कृष्ट सेल्स र सर्भिस प्रदान गर्नका लागि एक लाख क्वायर फिटमा नैकापको गुर्जुधारामा एसएमएल ईसुजु फ्ल्यागसिप थ्रीएस सेन्टरको निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.