मित्याल सामुदायिक सहकारीलाई जापानी कम्पनीले दियाे मिनी एक्साभेटर

  २०७५ कार्तिक २९ गते १७:१४     विकासन्युज

काठमाडौं । कोबेल्को कन्सट्रक्सन मेसिनरी कम्पनी लिमिटेड जापान र कोबेल्को कन्सट्रक्सन इक्विप्मेन्ट इन्डिया प्रालिले दुईवटा जापानी कम्पनीहरु तोहोकु कुरोसावा केन्सेत्सु कम्पनी प्रालि र हासिमोतो केन्की कम्पनी लिमिटेडले मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्यीय सहकारीलाई सहयोग स्वरुप उपलब्ध गराएको एसके३५एसआर-६ मोडलको एउटा कोबेल्को मिनी एक्साभेटर र एउटा हाइड्रोलिक रक ब्रेकर हस्तान्तरण गरेका छन् । ती कम्पनीहरुले नेपालमा परोपकारी कार्यका लागि ती उपकरणहरु निःशुल्क उपलब्ध गराएका हुन् ।

ताहोकु कुरोसावा केन्सेत्सु कम्पनीका सीईओ मासायुकी सातोले नेपालमा किन्डरगार्टन स्थापना र पानी आपूर्तिसम्बन्धी काम सहयोगको रुपमा गर्दै आएका छन् । नेपाली समाजलाई थप योगदानको उद्देश्यले सातो र उनको कम्पनीले एक थान कोबेल्को मिनी एक्साभेटर एसके३५एसआर–६ प्रदान गरेको हो ।

मिनी एक्साभेटरका अलाबा हासिमोतो केन्की कम्पनीले सोही एक्साभेटरमा लाग्ने एक थान हाइड्रोलिक रक ब्रेकर पनि निःशुल्क उपलब्ध गराएको छ । कोबेल्को कन्सट्रक्सन मेसिनरी कम्पनीले उक्त मेसिनको ढुवानी र भन्सारसम्बद्ध खर्च बेहोरेको जनाएको छ ।

उक्त मेसिनको बिक्रीपछिको सेवा पूजा कन्सट्रक्सनले उपलब्ध गराउँछ । यतिबेला नेपालमा सात सयभन्दा बढी कोबेल्को एक्साभेटर सञ्चालनमा छन्, जसलाई पूजा कन्सट्रक्सन नेपाल प्रालिले सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.