चिनियाँ राष्ट्रपति छिट्टै नेपाल भ्रमणमा आउछन्: राजन भट्टराई

  २०७५ कार्तिक २९ गते १७:०४     विकासन्युज

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिङ पिङ नेपाल आउने प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली आगामी सन् २०१९ को जनवरी÷फेब्रुअरीतिर महत्वपूर्ण भ्रमणमा जाने आफूले सूचना पाएको पनि भट्टराईले जानकारी दिए । उनले भने,‘उहाँ महत्वपूर्ण अन्तर्राष्ट्रिय फोरममा सहभागी हुन विदेश भ्रमणमा जानुहुन्छ । त्यस्तै द्धिपक्षीय भ्रमणमा पनि जाने सूचना छ ।’

फरक प्रसँगमा उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नभएको लामो समय भएको सुनाए । भट्टराईले भने,‘हाम्रो तर्फबाट (प्रधानमन्त्री र राष्ट्रपति) दुवैको तर्फबाट चिनीयाँ राष्ट्रपति र उपराष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो गैसकेको छ । उहाँहरु आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ, र आग्रहपनि छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.