चौधदिन सम्म संचालन हुने भारतिय व्यापार मेला बुधबार देखि नयाँ दिल्लीमा सुरु

  २०७५ कार्तिक २९ गते १४:३८     विकासन्युज

  • काठमाडौं । भारतको नयाँ दिल्लीस्थित प्रगति मैदानमा बुधबारदेखि “India International Trade Fair 2018” सुरु भएको छ । आयोजक राष्ट्र भारत र नेपाल सहित विश्वका १९ राष्ट्रहरुको उक्त मेलामा सहभागिता रहेको थियो । मेलामा विषेशगरी घरेलु सामान, विद्युतीय सामान, जुटजन्य कपडा, कस्मेटिक सामानहरु, इलेक्ट्रिक सामान स्वास्थ्य सम्बन्धि उपकरणहरु, हस्तकलाका सामग्री एवंम गरगहना, पश्मिनाका कपडाहरु आदी प्रदर्शनमा राखिएका छन् ।
  • India Trade Promotion Organization ले आयोजना गरेको उक्त मेलामा Partner Country को रुपमा अफगानिस्तान रहेको छ भने Focus Country मा नेपाल रहेको छ । नोभेम्बर १४ देखि २७ सम्म संचालन हुने उक्तमेलामा भारतका केन्द्रिय वाणिज्य एवं उद्योग राज्य मन्त्री सि.आर चौधरी र केन्द्रिय संस्कृति राज्य मन्त्री महेश शर्माले संयुक्त रुपमा उद्घाटन गरेका थिए । नेपाल, चीन, हङ्कङ्, इरान, म्यानमार,नेदरल्याण्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया, थाईल्याण्ड, टर्की, ट्युनिसिया, भेयतनाम, संयुक्त अरब ईमिरेट्स, अफगानिस्तान लगायतका राष्ट्रहको स्टल अन्तराष्ट्रिय पेभिलियमको ९ र १० नं. को हलमा रहेको छ । नेपालबाट खासगरि काष्ठकला  सामान, सोभिनियर खुकुरी, धातुबाट बनेका सामान, हस्तकलाका सामानहरु, पश्मिनाका कपडा एवं आर्टका सामान प्रदर्शन र विक्री वितरणमा राखिएको छ ।भारतीय अन्तर्राष्ट्रिय ८ सयवटा स्टल रहेको उक्त मेलामा नेपालजस्तो विकासन्मुख राष्ट्रले आफ्नो देशमा उत्पादन भएका सामानहरु प्रदर्शन गर्दा निर्यात व्यापारमा फड्को मार्न सक्ने आशा रहेको छ । नेपाली बस्तु एवं सेवालाई अन्तर्राष्ट्रिय बजारमा पहिचान गराउने उद्देश्यले दिल्लीस्थित नेपाली दुतावासले नेपालबाट कलाकारहरु आमन्त्रण गरी मेलाको दोस्रो दिन आज सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.