बागलुङमा दैनिकी गुजार्न मादल व्यवसायीलाई धौ धौ

  २०७५ कार्तिक २९ गते ११:०७     विकासन्युज

बागलुङ । पछिल्लो समयमा मादलको कारोबारमा निकै कमी आएको छ । गत वर्ष झण्डै डेढ सयसम्म मादल बिक्री भएको तर अहिले भने त्यसको तुलनामा निकै कम भएको छ ।

यो वर्ष हालसम्म १५/१६ वटा मात्र मादल बिक्री भएको रेसुङ्गा नगरपालिका–१ तम्घास बजारका मादल व्यवसायीले जानकारी दिएका छन् ।
नयाँ मादल त निकै कम मात्रामा बिक्री भयो, पुराना १२/१३ वटासम्म मादल मर्मतसम्भारका लागि आइका छैनन् । दैनिकी गुजार्न मादल व्यवसायलाई धौधौ पर्ने गरेको स्थानीय व्यवसायीले बताएका छन् ।

बागलुङ गल्कोटदेखि मादल व्यवसाय गर्न गुल्मी आएका डिलबहादुर नेपालीले पाँच वर्षयता निरन्तर रूपमा सदरमुकाम तम्घासबजारमा गोल्कोटे मादल पसलको नामबाट व्यावसायिक रूपमा मादल व्यवसाय गर्दै आएको जानकारी दिएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.