बैंकहरुले बोलाए सहुलियत कर्जा लिन, प्रमाणपत्र बोकेर बैंक जानुस्

  २०७५ कार्तिक २९ गते ८:२१     विकासन्युज

काठमाडौं । बैंकहरुले सहुलियत कर्जा लिन बोलाएका छन् । बिहिबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन र नेपाल वित्तिय संस्था संघले संयुक्त रुपमा सुलियत कर्जा लिन आव्हान गरेका हुन् ।
कसरी लिने सहुलियत कर्जाको ऋण ? विस्तृत बुझ्न यहाँ थिच्नुहोस

सरकारले अघि सारेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाका छाता संगठनहरुले ऋण लिन आव्हान गरेका हुन् ।

सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यबिधीलाई मन्त्रिपरिषद बैठकले भदौ २१ गते स्वीकृत गरेको थियो भने अर्थमन्त्रालयले असोज ६ गते सार्वजनिक गरेको थियो ।

नेपाल राष्ट्र बैंकले गत परिपत्र जारी गरेर सहुलियत पूर्ण कर्जा लिन बैंक तथा वित्तिय संस्थाहरुमा जानका लागि सर्वसाधारणलाई आव्हान गरेको थियो । प्रक्रिया पुर्याएर ऋण लिन जाँदा पनि नदिएमा उजुरी गर्न पनि केन्द्रिय बैंकले सर्वसाधारणलाई आग्रह गरेको थियो ।

अब शैक्षिक योग्यताको प्रमाणप धितो राखेर पाइने शिक्षित युवा स्वरोजगार कर्जा, व्यवसायीक कृषि तथा पशुपन्छि कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राबिधिक तथा व्यवसायीक शिक्षा कर्जा र भूकम्प पिडितहरुको निजी आवास निर्माण कर्जा सहुलियत ब्याजदरमा पाइनेछ ।

यस्तो छ प्रमणपत्र धितोमा राखेर ऋण पाउने प्रक्रिया
स्नातक तहसम्म उतिर्ण गरेकाहरुले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज अनुदानमा ७ लाखसम्म् ऋण पाउनेछन् ।
शैक्षिक प्रमणपत्र धितोमा राखे ऋण पाउन ४० बर्ष उमेर ननाघेको हुनुपर्नेछ । शैक्षिक प्रमाणपत्रको सक्कली प्रति र घरेलु तथा साना उद्योग विभाग, समिति, शिप विकास तालिम केन्द्र, प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद लगायतका सरकारी निकायबाट कम्तिमा ७ दिनको शिप विकास तालिम अनिवार्य लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा तालिम लिएको प्रमाण पेश गर्नु पर्छ । आवेदन दिएको २१ दिनभित्र ऋण दिने वा नदिने भन्ने निर्णय गरिसक्नुपर्नेछ । त्यससँगै कम्पनी दर्ता गरेर स्थायी लेखा नम्बर(प्यान)मा दर्ता हुनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.