अर्घाखाँचीकाे सन्धीखर्कमा अान्तरिक विमानस्थल बन्दै, टेण्डर आह्वान गर्ने तयारी

  २०७५ कार्तिक २९ गते १२:३०     खेमराज श्रेष्ठ

काठमाडौं । अर्घाखाँची जिल्लामा आन्तरिक विमानस्थल बन्ने भएको छ । ‘अर्घा भगवती विमानस्थल’ नाम दिएको आयोजना निर्माण प्रक्रिया अघि बढेको हो ।

विमानस्थलको काम अघि बढीसकेको नागरिक उड्ययन प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौडेलले जानकारी दिए । विमानस्थलका लागि यस आर्थिक वर्षमा ४ करोड ४२ लाख बजेट विनियोजन गरिएको छ ।

विमानस्थलको अध्ययन अन्तिम चरणमा पुगेको एराेड्रोम इन्जिनियरिङका उपनिर्देशक नल बिक्रम थापा मगरले बताए । उनका अनुसार सो विमानस्थलमा ट्वीनटर विमान अवतरण गर्न सक्नेछ । यस विमानस्थलको धावनमार्ग ६०० देखि ७०० मिटरको हुनेछ । विमानस्थल अर्घाखीचीको सन्धीखर्क नगरपालिका वडा नम्बर १० मा बन्नेछ ।

१२ हेक्टर जमिनमा बन्ने विमानस्थल २ देखि ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विमानस्थल बन्ने कुराले स्थानिय बासिन्दा हर्षित भएका नेपाल कम्युनिस्ट पार्टिका स्थाई कमिटी सदस्य टोप बहादुर रायमाझीले बताए । उनका अनुसार विमानस्थल बन्ने १२ हेक्टर जमिन सबै सार्वजनिक नमिन हो । यस क्षेत्रमा पर्ने सबै रुखहरु फडानी भैसकेका छन् ।

विमानस्थल निर्माणकाे लागि टेण्डर प्रक्रिया अघि बढाउने तयारी भैरहेको छ । आयोजनाको यसअघि नै वातावरणीय प्रभाव मुल्याङकन भैसकेको छ भने धावनमार्ग लगायत विषयमा थप अध्ययन भैरहको छ । विमानस्थलमा रुख कटानीको काम भैसकेको छ ।

४ विमानस्थल स्तरोन्नती गर्न बोलपत्र आह्वान

प्राधिकरणले ४ विमानस्थलको स्तरोन्नतीका लागी बोलपत्र आव्हान गरेको छ । धनगढी, सिमीकोट, भद्रपुर र भरतपुर विमानस्थलको धावनमार्ग पुन निर्माण गर्नका लागि बोलपत्रको आब्हान गरिएको छ । धावनमार्गमा पिच उप्किएर खाल्टाखुल्टी देखिन थालेपछि पिच गर्न लागिएको सुचना अधिकारी पौडेलले बताए ।

प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रियसहित धनगढी, चन्द्रगिरी, सिमिकोट, विराटनगर, जनकपुर लगायत ५ विमानस्थलमा पिच गर्न लागेको हो । धनगढी विमानस्थल ओभरले गर्ने काम भैरहेको छ । भरतपुर, चन्द्रगढी र सिमिकोट विमानस्थलको पिच गर्नका लागि ५-५ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.