कामना सेवा विकास बैंकद्धारा नगद तथा जिन्सी प्रदान

  २०७५ कार्तिक २८ गते १८:३७     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले १२औं बार्षिक उत्सवको अवसरमा नगद तथा जिन्सी प्रदान गरेको छ । काठमाडौंमा भएको कार्यक्रममा बैंकका संचालक समिति अध्यक्ष सुदिप आचार्यबाट जीवनका लागि भोजन नेपाल, बुढानिलकण्ठकी अपरेसन म्यानेजर अपरा थापालाई दुई लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

त्यस्तैगरी, अर्को संस्था श्री भद्रकाली आधारभुत विद्यालय, बुढानिलकण्ठमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई जाडो बाट बच्नको लागि न्यानो कपडा (स्वीटर) उपलब्ध गराउने घोषणा गरेको छ ।

साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्लेले सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकाहरुको उज्जवल भबिष्यको लागि आगामी दिनमा पनि अन्य क्षेत्रमा समेत सहयोग गर्दै जाने बताएका छन् ।

बुटवलमा भएको कार्यक्रममा तिलोत्तमा-१५, रुपन्देही स्थित नेपाल अनाथ आश्रममा रहेका बालबालिकाहरुको जिविकोपार्जनको लागि बैंकले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

पोखरामा भएको विभिन्न कार्यक्रममा बैंकले पोखरा-३, नदीपुर स्थित महर्षि गुरुकुल विद्याआश्रमलाई २ थान कम्प्युटर, श्री कल्याण आधारभुत विद्यालय, कुमाल गाँउ, लेखनाथलाई १ थान र लेखनाथ आधारभुत विद्यालय, अर्चले, लेखनाथलाई १ थान गरि ४ थान कप्युटर हस्तान्तरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.