बिजनेस प्रपोजल ल्याउनुस्, नबिल बैंकबाट लोन लैजानुस्- अनिल केशरी शाह

  २०७५ कार्तिक २८ गते १७:३४     विकासन्युज

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्तकला व्यवसायीहरुको विकास र प्रवद्र्धनका लागि बैंक सहयोगी बन्ने बताएका छन् । राजधानीमा आयोजित हस्तकला मेला तथा प्रतियोगीतात्मक प्रदर्शनीको उद्घाटन कार्यक्रममा उनले विश्वसनिय व्यवसायीक योजना ल्याउने हस्तकला व्यवसायीलाई ऋण दिन नबिल बैंक तयार रहेको बताएका हुन् ।

प्रमुख कार्यकारी अधिकृत शाहले हस्तकला नेपालको पहिचान भएकाले त्यसको विकास र विस्तार अपरिहार्य रहेको धारणा समेत राखेका थिए ।

हेर्नुहोस् भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.