सबै स्थानिय तहमा हस्तकला प्रशिक्षण केन्द्र खोल्न अर्थमन्त्रीको आग्रह

  २०७५ कार्तिक २८ गते १५:३६     विकासन्युज

काठमाडौं । बुधबारदेखि १६औँ हस्तकला व्यापार मेला तथा १४ औँ हस्तकला प्रतियोगिता भृकुटीमण्डपमा शुरू भएको छ ।

मेलाको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भने ‘नेपाली हस्तकलाको परम्परागत ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्नका लागि सबै स्थानिय तहमा हस्तकाला केन्द्र खोल्न आव्हान गरेका छन् ।

नेपाली हस्तकलाका सामग्रीले नेपालको निर्यात व्यापारमा महत्वपूर्ण योगदान दिएको बताए । उनले हस्तकला व्यवसायबाट मुलुकमा रोजगारीको अवसर सृजना गर्न र गरीबी हटाउन सकिने विश्वास पनि व्यक्त गरिन् ।

हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले भने, ‘नेपाली हस्तकलाका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको बताए ।’

हस्तकलाको आन्तरिक बजारमा करिब १० अर्ब रुपैयाँ बराबरको खपत रहेको छ भने सोही रकमको हाराहारीमा विदेशमा निर्यात हुने गरेको छ । संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरु, चीन, भारत लगायत अन्य मुलुकहरुमा २५ भन्दा बढि बिभिन्न प्रकारका हस्तकला बस्तुहरुको निर्यात भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.