तीन कम्पनीकाे सेयर मूल्य ३० देखि ४५ प्रतिशत घट्याे, नेप्सेकाे डाटामा गम्भिर त्रुटी

  २०७५ कार्तिक २८ गते १५:०३     विकासन्युज

काठमाडौं । बुधबारको कारोबारमा सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्यमा गिरावट आएको छ । नेपाल स्टक एक्स्चेञ्जकाे वेवसाइट अनुसार कम्पनीका लगानीकर्ताले एकैदिन ४५.३३ प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३४.७३ प्रतिशत र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको मूल्य २९.७२ प्रतिशतले घटेको छ ।

कुनै पनि कम्पनीको सेयर मूल्य एक दिनमा १० प्रतिशतभन्दा बढीले बढ्न अथवा घट्न सक्दैन । तर बुधबार तीन कम्पनीकाे सेयर मूल्य ३० प्रतिशतभन्दा बढीले घटेकाे नेप्सेकाे टप लुजरमा देखिएकाे छ ।

यस्ताे कसरी भयाे ? विकासन्युजकाे प्रश्नले नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदकाे ध्यानाकर्षण भयाे । उनले भने यस्ताे त नहुनु पर्ने, म अार्इटी  डिपार्टमेन्टमा कुरा गर्छु ।

नेप्सेकाे वेवसाइटमा एभरेष्ट इन्स्याेरेन्सकाे सेयर मूल्य मंगलबार १०५० हाे । बुधबार १०५० बाटै काराेबार शुरू भएकाे थियाे । अधिकतम मूल्य १०५० छ भने न्यूनतम मूल्य ५७४ रूपैयाँ छ ।

नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीकाे प्रमाेटर सेयरकाे मूल्य पनि यसरी नै घटेकाे देखिएकाे छ । मंगलबार ७५७ रूपैयाँमा काराेबार भर्इ बन्द भएकाे यस कम्पनीकाे सेयर बुधबार ५३२ रूपैयाँ सम्म झरेकाे नेप्सेले जनाएकाे छ ।

नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा अनलाइन कारोबार प्रणाली शुरु भएदेखि नै समस्यै समस्या देखिएको छ । उक्त प्रणाली शुरु भएको एक साता बित्दा पनि नेप्सेको साइटमा सुधार आउन सकेको छैन ।

सेयर बजारमा हुने काराेबारकाे लाइभ र अाधिकारिक जानकारी  दिने नेप्सेकाे वेबसाइटमा यस्ताे वल्न्डर पटक पटक हुने गरेकाे छ । तर  जिम्मेवार निकायले यसलार्इ गम्भिता पूर्वक नलिदाँ लगानीकर्ताले ठूलाे नाेक्सान बेहाेर्ने जाेखिम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.